सेयर बजार सुधारको गतिमा, लगानीकर्ता पनि उत्साहि
काठमाडौं, ३० साउन । पछिल्ला केही दिन सेयर बजार सुधारको गतिमा छन् । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएसँगै निरन्तर घटिरहेको बजार पछिल्लो केही दिनयता क्रमश सुधारको गतिमा देखिन्छ ।
साताको चौथो कारोबार दिन आज बजार २८.७३ अंकले बढेको छ । कारोबारमा आएका मध्ये सबै समूहको परिसूचक उकालो लागेको छ । सबैभन्दा बढी नीर्जिवन बीमा समूहको परिसूचक २०५.६४ अंकले बढेको छ।
त्यस्तै कारोबार रकममा पनि बृद्धि भएको छ । हिजो १८ लाख रुपैयाँ मात्रको सेयर कारोबार भएको थियो । तर आज एक सय ६५ कम्पनीको ३६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बजार सुधार हुन थालेपछि लगानीकर्ताहरु पनि सेयर खरिदका लागि उत्साहि देखिएका छन् ।