बाराको गंजभवानीपुरमा राष्ट्रिय वाणिज्य बैकको २०६ औं शाखा

काठमाडौं, ३१ साउन । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले बाराको महागढीमाई नगरपालिका वडा न. ३ गंजभवानीपुरमा शाखा कार्यालय संचालनमा ल्याएको छ । यो बैंकको २ सय ६ औं शाखा कार्यालय हो ।

उक्त शाखाको बैंक संचालक समितिका सदस्य जनककुमार बरालले उद्घाटन गरे । कार्यक्रममा उनले वाणिज्य बैंक सरकारी बैंक भएकाले यसको मालिक पनि जनता भएको र संरक्षण पनि जनतालेनै गर्नुपर्ने बताए ।

बैंकको हाल ७४ जिल्लामा २ सय ६ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । त्यस्तै गत आर्थिक वर्षको आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व रुपैयाँ कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *