Date

आइत, असार १, २०८२
Sun, June 15, 2025

मौलिक सञ्चार सिद्धान्तसम्बन्धी संगोष्ठी सम्पन्न : दुई दर्जन कार्यपत्र प्रस्तुत

मौलिक सञ्चार सिद्धान्तसम्बन्धी संगोष्ठी सम्पन्न : दुई दर्जन कार्यपत्र प्रस्तुत

काठमाडाैं, ३० जेष्ठ ।  काठमाडौं विश्वविद्यालय, भाषा तथा आमञ्चार विभागले बुधबार मौलिक दर्शनमा आधारित सञ्चार सिद्धान्तसम्बन्धी एकदिने राष्ट्रिय सङ्गोष्ठी सम्पन्न गरेको सङ्गोष्ठीमा विद्यावारिधि शोधार्थी तथा स्नातकोत्तर स्नातक तहका विद्यार्थीद्वारा दुई दर्जन अनुसन्धानपत्र प्रस्तुत गरिए

विभागीय प्रमुख डा. निर्मलमणि अधिकारीले अध्यक्षता गरेको संगोष्ठीको उद्घाटन सत्रमा सुदूरश्चिम प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी प्रमुख अतिथि तथा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं स्कुल अफ आर्टस्का एशोसियट डिन डा. उद्धव प्याकुरेल विशेष अतिथिका रुपमा सहभागी भए कार्यक्रममा बीज वक्ताका रुपमा अनलाइनमार्फत सहभागी भएर बोल्दै इन्डोनेसियाको जकार्तास्थित बुडी लुहर युनिभर्सिटीकी अध्यापक डा. नि गुस्ती आयु केतुत कुर्नीयासारीले पूर्वीय दर्शनमा आधारित मौलिक अनुसन्धान तथा सञ्चार सिद्धान्तबारे चर्चा गरिन्

एशोसियट प्रोफेसर डा. सुधांशु दाहाल, डा. रामचन्द्र पौडेल, स्कुल अफ एजुकेसनका असिस्टेन्ट प्रोफेसर डा. सिद्धार्थ ढुंगाना, सहिष्णु पौड्याल, तृष्णा आचार्य लगायतले विभिन्न सत्रको अध्यक्षता एवम् अनुसन्धानपत्रमाथि टिप्पणी गरे स्नातक विद्यार्थीले समूहगत स्नातकोत्तर तथा विद्यावारिधि तहकाले व्यक्तिगतरुपमा ३८ जनाद्वारा दुई दर्जन अनुसन्धानपत्र प्रस्तुत गरिए

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *