Date

सोम, असार २, २०८२
Mon, June 16, 2025

साताको पहिलो दिन नेप्से थोरै अंकले उकालो, कारोबार रकम घट्दै

साताको पहिलो दिन नेप्से थोरै अंकले उकालो, कारोबार रकम घट्दै

काठमाडाैं, १ असार । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा थोरै सुधार देखिएको छ। नेप्से सूचक आज २.१३ अंकले बढेर २६५७.५२ विन्दुमा पुगेर रोकिएको छ।

बजार परिसूचकमा सामान्य सुधार देखिए पनि आजको कुल कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। नेप्से अनुसार आइतबार ३०५ कम्पनीका २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ४४ लाख ३२ हजार रुपैयाँमा सीमित रह्यो।

यसअघि, गत बिहीबार ३११ कम्पनीका २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो। सो अनुपातमा हेर्दा आज कारोबार रकममा उल्लेखनीय गिरावट देखिएको छ।

आजको दिन ९० कम्पनीका सेयर मूल्य बढेका छन् भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी कम्पनीहरू स्थिर अवस्थामा रहे।

उद्योग समूहगत प्रदर्शनतर्फ उत्पादन तथा प्रशोधन समूह १.५८ प्रतिशतले र व्यापार समूह १.०९ प्रतिशतले उकालो लागेको छ। यद्यपि लगानी समूह भने ०.६४ प्रतिशतले ओरालो लागेको देखिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *