नेपालमा सुन र चाँदीको भाउ घट्यो, प्रतितोला सुन २,५०० रुपैयाँ सस्तो

काठमाडाैं, ३ असार । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २,५०० रुपैयाँले घटेको हो।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। यो दर सोमबारको तुलनामा २,५०० रुपैयाँ कम हो। सोमबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
साताको तेस्रो कारोबार दिन मंगलबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेर २ हजार १६० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।