कृषि विकास बैंकमा सरोज ठकुरी र मुनिराज उपाध्यायको बढुवा

काठमाडाैं, ३ असार । कृषि विकास बैंक लिमिटेडले दुई जना अधिकृतको बढुवा गरेको छ । बैंकले ऋण/कर्जा/प्राविधिक अधिकृत पदमा सरोज ठकुरी र मुनिराज उपाध्यायलाई बढुवा गरेको हो ।
बैंकले गत चैत २२ गते (अप्रिल ४, २०२४) मा बढुवाका लागि सूचना प्रकाशित गरेको थियो । कार्यसम्पादन मूल्याङ्कन, सेवाको जेष्ठता, शैक्षिक योग्यता र भौगोलिक आधारमा वर्गीकृत क्षेत्रमा काम गरे बापतको अंक गणना गरी उनिहरुको बढुवा गरिएको बैंकले जनाएको छ ।