नेपाल बैंक र स्लाभिका आईभिएफ एण्ड रिसर्च सेन्टरबिच सम्झौता

काठमाडाैं, १० असार । नेपाल बैंक लिमिटेड र स्लाभिका आईभिएफ एण्ड रिसर्च सेन्टर प्रा.लिबीच सम्झौता भएको छ ।
बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, सिनामंगलमा अवस्थित स्लाभिका आईभिएफ एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता उल्लेख छ ।
सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशत सम्म छुट पाउनुका साथै स्त्री रोग विशेषज्ञ परामर्श/आईभिएफ विशेषज्ञसँग परामर्श सेवामा १०० प्रतिशत सम्म छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र आईभिएफ एण्ड रिसर्च सेन्टरको तर्फबाट अध्यक्ष अजय जंग कुँवरले हस्ताक्षर गरेका छन् ।