Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

गत आर्थिक बर्षमा वित्तिय क्षेत्रको लगानी, निक्षेप संकलन र खुद नाफामा बृद्धि

गत आर्थिक बर्षमा वित्तिय क्षेत्रको लगानी, निक्षेप संकलन र खुद नाफामा बृद्धि

काठमाडौं, ६ भद्रौ । गत आर्थिक बर्ष २०७४÷०७५ मा बैंक तथा वित्तिय संस्थाहरुको प्रगती अन्य क्षेत्रको तुलनामा सन्तोषजनक रहेको छ। राष्ट्र बैंकले सार्वजानीक गरेको गत आर्थिक बर्षको आर्थिक तथा वित्तिय बिवरण अनुसार बैंक तथा वित्तिय क्षेत्रको कर्जा लगानी, निक्षेप संकलन, लगायत खुदमुनाफामा वृद्धि भएको छ ।

समिक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ दशमल २ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो निक्षेप १४ दशमलव ० प्रतिशतले बढेको थियो । २०७४ असारमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ९ दशमलव ३ प्रतिशत, ३४ दशमलव ५ प्रतिशत र ४४ दशमलव ८ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अंश क्रमशः ८ दशमलव ७ प्रतिशत, ३५ दशमलव ४ प्रतिशत र ४३ दशमलव २ प्रतिशत थियो ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २२ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १८ दशमलव २ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २२ दशमलव ३ प्रतिशतले, विकास बैंकहरूको २५ दशमलव ६ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १६ दशमलव १ प्रतिशतले बढेको छ ।

त्यसै गरि गत आर्थिक वर्षमा कालोसूचीमा परेका ऋणीहरू बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा कर्जा सूचना केन्द्रबाट कालोसूचीमा परेका ऋणीहरूको संख्या विगत केही वर्षयता बढेको देखिएको छ । २०७४ असारमा ५ हजार २ सय ४७ ऋणी कालोसूचीमा रहेकोमा २०७५ असारमा यस्तो संख्या ६ हजार २ सय ४१ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x