Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित

थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित

काठमाडौँ, १७ असार । कम्बोडियाका पूर्व प्रधानमन्त्रीसँगको फोन कलको अडियो लिक भएपछि थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्रालाई निलम्बन गरिएको छ ।

संवैधानिक अदालतले प्रधानमन्त्री शिनावात्रामाथि गम्भीर नैतिकताको उल्लंघन गरेको आरोप लगाउदै निलम्बनको आदेश दिएको बैंकक पोष्टले उल्लेख गरेको छ । अर्कोतर्फ, थाइल्याण्डका राजाले मंगलबार सरकारमा नयाँ मन्त्रिपरिषद् सदस्यहरूको नियुक्तिलाई स्वीकृति दिएका छन् । थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राले कम्बोडियाका पूर्व प्रधानमन्त्रीसँग गरेको कुराकानीको अडियो लिक भएपछी विवाद शुरु भएको थियो ।

यसपछि थाइल्याण्डमा हंगामा मच्चियो र प्रधानमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन सुरु भयो । अडियो लिक भएपछि थाइल्याण्डमा संवैधानिक अदालतले लिक भएको कल प्रकरणमा प्रधानमन्त्री शिनावात्रालाई गम्भीर नैतिकताको उल्लंघन गरेको आरोप लगाइएको निवेदनमाथि विचार गर्ने अनुमान गरिएको थियो ।

संबैधानिक अदालतको आदेशपछि शिनावात्राले यो प्रक्रिया स्वीकार गर्ने र पालना गर्ने बताएकी छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *