Date

बिहि, असार १९, २०८२
Thu, July 3, 2025

बुधबार सुनको मूल्यमा पुनः वृद्धि, चाँदी भने घट्यो

बुधबार सुनको मूल्यमा पुनः वृद्धि, चाँदी भने घट्यो

काठमाडाैं, १९ असार । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि हुने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। मंगलबार प्रतितोला २४०० रुपैयाँले बढेको सुनको भाउ यसदिन प्रतितोला १२०० रुपैयाँले थप वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुन प्रतितोला १ लाख ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज बुधबार चाँदीको मूल्यमा भने गिरावट आएको छ। मंगलबार प्रतितोला २ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर २ हजार १४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *