Date

बिहि, असार १९, २०८२
Thu, July 3, 2025

बागमती प्रदेश सभाको बैठक आज: बजेटमाथि छलफल हुने

बागमती प्रदेश सभाको बैठक आज: बजेटमाथि छलफल हुने

हेटौंडा, १२ असार । बागमती प्रदेश सभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ। आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ।

प्रदेश सभाका सचिव रामकुमार पौडेलका अनुसार, बजेटमाथि छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले उठेका प्रश्नहरूको जवाफ दिनेछन्। त्यसपछि खर्च कटौतीका प्रस्तावहरू पेश गरिने कार्यसूची रहेको छ।

यसअघि, सत्तारुढ दल र प्रतिपक्षी दलबीचको विवादका कारण बजेट अधिवेशनका बैठकहरू दुई पटक स्थगित भएका थिए। प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आजको बैठक कुनै पनि अवरोधबिना सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *