Date

बिहि, असार १९, २०८२
Thu, July 3, 2025

स्पेनका लगानीकर्तालाई नेपालमा लगानी गर्न एफएनसीसीआई अध्यक्ष ढकालको आग्रह

स्पेनका लगानीकर्तालाई नेपालमा लगानी गर्न एफएनसीसीआई अध्यक्ष ढकालको आग्रह

काठमाडाैं, १९ असार । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका लगानीकर्ता तथा व्यवसायी समुदायलाई नेपालमा उच्च विश्वासका साथ लगानी गर्न आग्रह गरेका छन्। उनले नेपालमा लगानीमैत्री वातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न आह्वान गरेका हुन्।

बुधबार स्पेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले स्पेनका लगानीकर्ताहरूलाई नेपालको पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा लगानी गर्न विशेष आग्रह गर्नुभएको एफएनसीसीआईले जनाएको छ।

सो अवसरमा स्पेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका सदस्यहरू, व्यापारिक नेताहरू, नेपाली समुदायका प्रतिनिधिहरू र कूटनीतिज्ञहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन उद्योगबाट उच्च प्रतिफल प्राप्त गर्न सकिने सम्भावना रहेको पनि बताए। यसले स्पेनिश लगानीकर्ताहरूलाई नेपालमा आकर्षित गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *