Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र असार ३२ देखि निष्कासन हुने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र असार ३२ देखि निष्कासन हुने

काठमाण्डौ, २४ असार । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडलेको ऋणपत्र यहि असार ३२ गते देखि निष्कासन हुने भएको छ ।

बैंकले १ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको १० वर्षे अवधिको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ ।

निष्कासन गर्न लागिएको कुल ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । ऋणपत्रको निष्कासन छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते बन्द हुनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *