Date

सोम, कार्तिक ३, २०८२
Mon, October 20, 2025

नेपाल एसबिआई बैंकले मनायो ३२ औं वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि सम्पन्न

नेपाल एसबिआई बैंकले मनायो ३२ औं वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि सम्पन्न

काठमाडाैं, २५ असार । नेपाल एसबिआई बैंक लिमिटेडले आज (जुलाई ७, २०२५) आफ्नो ३२ औं बैंक दिवस मनाएको छ। यस अवसरमा बैंकले एक शपथ ग्रहण समारोहको आयोजना गर्यो, जहाँ बैंकका सबै कर्मचारीहरूले बैंकप्रति आफ्नो जिम्मेवारी र प्रतिबद्धताको लागि शपथ लिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार तिवारीले बैंकले हासिल गरेका उपलब्धिहरूमाथि प्रकाश पारे। उनले वित्तीय सेवामा बैंकको अग्रणी र अग्रगामी स्थानलाई निरन्तरता दिन व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा जोड दिए। यसैगरी, बैंकका उप-सीईओ तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्याउने सबै कर्मचारी सदस्यहरूलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा पनि सोही योगदान जारी राख्न आग्रह गर्नुभयो। बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डाले सबै सरोकारवालाहरूलाई कृतज्ञता व्यक्त गर्दै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।

यस अवसरलाई स्मरण गर्न र बैंकको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप सुदृढ पार्न, नेपाल एसबिआई बैंकले काठमाडौंको कमलादीस्थित कर्पोरेट कार्यालयसहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रमको आयोजना गर्यो। यसका साथै, रुपन्देहीको भैरहवामा फरक क्षमता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण कार्यक्रम पनि सम्पन्न गरियो।

बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले मोरङको बेलबारीमा भर्खरै खोलिएको शाखासहित १०१ वटा शाखा, २२ वटा विस्तारित काउन्टर, ७ वटा प्रदेश कार्यालय, १९ वटा शाखारहित बैंकिङ सेवा, १२५ वटा एटीएम र एक कर्पोरेट कार्यालयमार्फत आफ्ना सेवाहरू सञ्चालन गरिरहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *