Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

वीरेन्द्रराज पाण्डे नेपाल उद्योग परिसंघको नेतृत्वमा, नयाँ राष्ट्रिय परिषद् सदस्यहरू पनि चयन

वीरेन्द्रराज पाण्डे नेपाल उद्योग परिसंघको नेतृत्वमा, नयाँ राष्ट्रिय परिषद् सदस्यहरू पनि चयन

काठमाडाैं, २६ असार । नेपाल उद्योग परिसंघको २२औं वार्षिक साधारण सभाले वीरेन्द्रराज पाण्डेलाई अध्यक्षमा चयन गरेको छ। यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधानअनुसार स्वतः अध्यक्षमा चयन भएका हुन्। पाण्डे २०७५ सालदेखि परिसंघको उपाध्यक्ष पदमा कार्यरत थिए।

परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेलाई शपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरे। बुधबार राजधानीमा सम्पन्न वार्षिक साधारण सभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपाल कुमार अग्रवाल, मिलन बाबु मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोदी, दिपक कुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमित कुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, र राजीव गुप्ता निर्वाचित भएका छन्।

यसैगरी, सञ्जीव न्यौपाने, हेमराज ढकाल, अनुराग गोयल, ध्रुब रिजाल, संजय गोल्छा, वर्षा श्रेष्ठ, राज बहादुर शाह, विदुषी राणा, लक्ष्मी प्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनिष कुमार खेम्का, आशिष गर्ग, सेवा पाठक, गोकुल भण्डारी, बसन्त बहादुर चन्द, र चन्द्र टण्डन पनि राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भएका छन्।

विभिन्न प्रदेशबाट पनि राष्ट्रिय परिषद् सदस्यहरू चयन भएका छन्, जसमा कोशी प्रदेशबाट निवर्तमान अध्यक्ष भीम घिमिरे, मधेश प्रदेशका अध्यक्ष प्रमोद साह, बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गण्डकी प्रदेशबाट अध्यक्ष विनोद न्यौपाने, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, कर्णाली प्रदेशका अध्यक्ष छत्र शाही र सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ रहेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *