Date

शुक्र, मंसिर ५, २०८२
Fri, November 21, 2025

अमेरिकी अदालतको ठहर: ट्रम्पको कार्यकारी आदेशले जन्मसिद्ध नागरिकता अधिकारमा खतरा

अमेरिकी अदालतको ठहर: ट्रम्पको कार्यकारी आदेशले जन्मसिद्ध नागरिकता अधिकारमा खतरा

काठमाडाैं, २७ असार । कार्यकारी आदेश लागू भएको भए, अमेरिकामा जन्मिने हजारौं बच्चा जन्मसिद्ध नागरिकताको अधिकारबाट वञ्चित हुने खतरा रहेको अदालतको ठहर छ। विशेषतः अवैध आप्रवासी आमाबाट जन्मिएका, अस्थायी बसोबासको स्थिति भएका, वा पिताको कानुनी हैसियत अमेरिकामा नपुगेका अवस्थामा बच्चाले नागरिकता नपाउने व्यवस्था ट्रम्पको आदेशमा गरिएको थियो।

ट्रम्पले २० जनवरी २०२५ मा हस्ताक्षर गरेको उक्त आदेश ‘प्रोटेक्टिङ द मिनिङ एण्ड भ्यालु अफ अमेरिकन सिटिजनसीप’ शीर्षकमा सार्वजनिक गरिएको थियो, जसमा नागरिकता प्रदान गर्ने सर्तहरू कडा बनाउने प्रस्ताव गरिएको थियो। तर अमेरिकी संविधानको १४औँ संशोधनले जन्मसिद्ध नागरिकता सुनिश्चित गरेको प्रावधानको आधारमा यो आदेश संविधानविपरीत रहेको ठहर गर्दै अदालतले अस्थायी रोक लगाएको हो। साथै, ट्रम्प प्रशासनलाई ७ दिनभित्र अपिल गर्न समय दिइएको छ भने निर्णयको लिखित प्रतिलिपि चाँडै सार्वजनिक गरिने बताइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *