नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि: सुन प्रतितोला रु. १ लाख ९३ हजार ३ सय पुग्यो

काठमाडाैं, ३० असार । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला रु. ४०० ले बढेको छ।
सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख ९३ हजार ३ सय तोकिएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला रु. १ लाख ९२ हजार ९ सयमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार प्रतितोला रु. २ हजार २८५ मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु. २ हजार ३१५ पुगेको महासंघले जनाएको छ।