Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

मौद्रिक नीतिपछि देखिएको उछाल दुई दिनमै थामियो, सेयर बजारमा सोमबार ३४ अंकको भारी गिरावट

मौद्रिक नीतिपछि देखिएको उछाल दुई दिनमै थामियो, सेयर बजारमा सोमबार ३४ अंकको भारी गिरावट

काठमाडाैं, ३० असार । शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिपछि आइतबार सेयर बजारमा देखिएको उत्साह सोमबार टिक्न सकेन। मौद्रिक नीतिपछिको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ३४.४५ अंकले घट्दै २,७२६.३५ विन्दुमा झरेको छ, जुन १.२४ प्रतिशतको गिरावट हो ।

व्यक्तिगत सेयर धितो कर्जा सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड पुर्‍याइएको नीतिगत परिवर्तनपछि बजारमा उछाल आउने अपेक्षा गरिएको थियो। तर सोमबार कारोबार रकमसहित बजारको समग्र प्रदर्शन कमजोर रह्यो। आज ३१८ कम्पनीका २ करोड ४ लाख २४ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड रुपैयाँको मात्रै कारोबार भएको छ, जुन हिजो आइतबारको ११ अर्ब ४१ करोड रुपैयाँको कारोबारको तुलनामा झण्डै ३ अर्ब ५० करोडले घटेको हो

समग्र सूचकांकसँगै अधिकांश उपसमूहहरू पनि राताम्मे देखिए, जलविद्युत समूहबाहेक सबै समूहमा गिरावट आएको छ। बैंकिङ समूह २.४२ प्रतिशतले घट्दै सर्वाधिक प्रभावित बन्यो भने विकास बैंक १.६३, जीवन बीमा र अन्य समूह १.२६ र फाइनान्स तथा माइक्रोफाइनान्स समूह १.१२ प्रतिशतले घटे।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *