Date

बिहि, साउन १, २०८२
Thu, July 17, 2025

साउनको सुरुवातसँगै बैंक ब्याजदरमा फेरबदल: कतै कटौती, कतै यथावत, कतै वृद्धिको संकेत

साउनको सुरुवातसँगै बैंक ब्याजदरमा फेरबदल: कतै कटौती, कतै यथावत, कतै वृद्धिको संकेत

काठमाडाैं, १ साउन । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन साउन १ गतेदेखि वाणिज्य बैंकहरूले मुद्दति निक्षेपमा लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूद्वारा जारी नयाँ विवरण अनुसार, अधिकांश बैंकले ब्याजदर घटाएका छन् भने केहीले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। कतिपय बैंकले भने ब्याजदरमा वृद्धि समेत गरेका छन्।

नेपाल बैंकर्स संघको समन्वयमा सार्वजनिक भएका ब्याजदरअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा औसत अधिकतम ब्याजदर असार महिनाको ५.९०२ प्रतिशतबाट घटेर साउनमा ५.६९७५ प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर ४.३७३ प्रतिशतबाट घटेर ४.११३ प्रतिशत कायम भएको छ।

१४ बैंकले ब्याजदर घटाए, ४ ले यथावत् राखे

साउनका लागि प्रभू, राष्ट्रिय वाणिज्य, एभरेष्ट, नबिल, एनआईसी एशिया, लक्ष्मी सनराइज, प्राइम, नेपाल इन्भेष्टमेन्ट मेगा, कुमारी, सानिमा, नेपाल एसबीआई, सिटिजन्स, ग्लोबल आइएमई र कृषि विकास बैंकले ब्याजदर घटाएका छन्।

प्रभू बैंकले सबैभन्दा धेरै कटौती गरेको छ। गत असारमा व्यक्तिगत निक्षेपमा ६.१ प्रतिशत ब्याज प्रदान गर्दै आएको बैंकले साउनमा ४.२५ प्रतिशतमा झारेको छ। संस्थागत निक्षेपमा समेत ५ प्रतिशत बाट ३.२५ प्रतिशतमा झारिएको छ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा ०.५ प्रतिशत कटौती गरी ५.५ प्रतिशत बनाएको छ भने संस्थागतमा ४ प्रतिशत यथावत राखिएको छ।

केही बैंकको ब्याजदर यथावत

नेपाल बैंक, एमबी बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

  • नेपाल बैंक: व्यक्तिगत ५.४५ प्रतिशत , संस्थागत ४.५ प्रतिशत
  • एमबी बैंक: व्यक्तिगत ६ प्रतिशत , संस्थागत ५ प्रतिशत
  • माछापुच्छ्रे बैंक: व्यक्तिगत ६ प्रतिशत , संस्थागत ४ प्रतिशत
  • सिद्धार्थ बैंक: व्यक्तिगत ५.७५ प्रतिशत , संस्थागत ४.७५ प्रतिशत

ब्याजदर बढाउनेमा स्ट्यान्डर्ड चार्टर्ड अगाडि

असारको तुलनामा ब्याजदर बढाउने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक प्रमुख देखिएको छ।

  • व्यक्तिगत निक्षेपमा ६.२६ प्रतिशत,
  • संस्थागत निक्षेपमा ३.०१ प्रतिशत ब्याज प्रदान गरिने छ।

यस्तै, हिमालयन बैंकले पनि व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज दिने भएको छ।

विस्तृत ब्याजदर तालिका (चुनिएका बैंकहरू):

बैंकको नाम व्यक्तिगत (%) संस्थागत (%)
प्रभू बैंक 4.25 3.25
राष्ट्रिय वाणिज्य 5.5 4.0
एभरेष्ट बैंक 6.25 5.25
एनआईसी एशिया 6.25 5.25
नबिल बैंक 5.75 4.05
नेपाल इन्भेष्टमेन्ट मेगा 5.25 4.25
कुमारी बैंक 5.61 4.01
सानिमा बैंक 6.18 4.0
सिटिजन्स बैंक 5.5 3.0
ग्लोबल आइएमई 5.75 4.25
कृषि विकास बैंक 5.4 3.5
स्ट्यान्डर्ड चार्टर्ड 6.26 3.01

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *