Date

शुक्र, साउन २, २०८२
Fri, July 18, 2025

ट्रम्पको नयाँ आदेश: जेफ्री एप्सटाइन प्रकरणका ‘सबै सान्दर्भिक’ ग्रान्ड जुरीका बयान सार्वजनिक गर्न निर्देशन

ट्रम्पको नयाँ आदेश: जेफ्री एप्सटाइन प्रकरणका ‘सबै सान्दर्भिक’ ग्रान्ड जुरीका बयान सार्वजनिक गर्न निर्देशन

काठमाडाैं, २ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एप्सटाइनसँग सम्बन्धित “सबै सान्दर्भिक” ग्रान्ड जुरीका बयान सार्वजनिक गर्न न्याय विभागलाई निर्देशन दिएका छन्। यो निर्णयले लामो समयदेखि चर्चामा रहेको एप्सटाइन प्रकरणमा थप खुलासा हुने अपेक्षा गरिएको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस विषयमा जानकारी दिँदै भनेका छन्, “जेफ्री एप्सटाइनको बारेमा भएको अत्यधिक प्रचारका कारण मैले महान्यायाधिवक्ता पाम बन्डीलाई अदालतको स्वीकृतिमा सबै सान्दर्भिक ग्रान्ड जुरीका बयानहरू उपलब्ध गराउन आग्रह गरेको छु।” ट्रम्पको यो पोस्टको केही मिनेटभित्रै महान्यायाधिवक्ता पाम बन्डीले यस कदमको पुष्टि गर्दै विभाग शुक्रबार नै ती बयानहरू सार्वजनिक गर्न अदालत समक्ष आग्रह गर्न तयार रहेको बताएकी छिन्।

यो निर्णय ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (MAGA) समर्थकहरूको बढ्दो दबाबपछि आएको हो, जसले एप्सटाइन प्रकरणमा थप खुलासाको माग गर्दै आएका थिए। ग्रान्ड जुरीका बयानहरू पूर्ण रूपमा सार्वजनिक गर्ने वा नगर्ने तथा कहिले सार्वजनिक हुने भन्नेबारे भने अझै स्पष्ट भइसकेको छैन। यस कदमले एप्सटाइन प्रकरणका लुकेका तथ्यहरू बाहिर आउन सक्ने सम्भावना बढेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *