५० रुपैयाँकाे नोट फेरि नयाँ! छपाइका लागि राष्ट्र बैंकले खुलायाे अन्तर्राष्ट्रिय बोलपत्र

काठमाडाैं, ९ साउन । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ डिजाइनसहितका नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकका अनुसार कुल ८४ लाख थान नयाँ नोट छपाइ गर्ने योजना रहेको छ, जसका लागि करिब ४२ करोड रुपैयाँ बराबरको अनुमानित लागत निर्धारण गरिएको छ। नयाँ नोटको डिजाइन, छपाइ तथा ढुवानीसम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न गर्न इच्छुक अन्तर्राष्ट्रिय छपाइ कम्पनीहरूलाई गोप्य बोलपत्र पेश गर्न आग्रह गरिएको छ।
बोलपत्र पेस गर्ने अन्तिम मिति २०२५ सेप्टेम्बर ८ (२०८२ भदौ २२) तोकिएको छ। बोलपत्र दस्तुरको लागि नेपाली रुपैयाँमा रु. २० हजार वा विदेशी मुद्रामा ४,१४६ अमेरिकी डलर, १२६ युरो, वा १०९ पाउन्ड स्टेर्लिङ तिर्नुपर्नेछ।
नयाँ नोटमा के–कस्तो डिजाइन हुनेछ भन्नेबारे भने राष्ट्र बैंकले हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन।