सुन स्थिर, चाँदी ५ रुपैयाँले महँगियो
काठमाडाैं, १२ साउन । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आइतबारको मूल्यमै कायम रहेको छ भने चाँदीमा प्रतितोला ५ रुपैयाँले वृद्धि भएको हो।
आइतबार सुनको मूल्य तोलामा ११०० रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा पुगेको थियो। सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। तेजाबी सुनको मूल्य पनि यथावत् रहेको छ।
त्यस्तै, चाँदीको मूल्य आइतबार २ हजार २९० रुपैयाँ प्रतितोला थियो भने सोमबार ५ रुपैयाँले बढेर २ हजार २९५ रुपैयाँ कायम भएको छ।



