Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

अपरेशन सिन्दूर’को स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरुले मनाए रक्षाबन्धन

अपरेशन सिन्दूर’को स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरुले मनाए रक्षाबन्धन

एजेन्सी, २३ साउन ।  ‘अपरेशन सिन्दूर’ले सफलता पाएको भन्दै जम्मूको अन्तर्राष्ट्रिय सीमामा भारतीय सीमा सुरक्षा बल (बीएसएफ)का जवानहरुले रक्षाबन्धन मनाएका छन् । जवानहरुलाई विद्यार्थीहरूले राखी बाँधेर खुशी साटेका हुन् ।

राष्ट्रको रक्षा गरिरहेका बहादुर सिपाहीहरूको नाडीमा राखी बाँध्दा वातावरण न्यानोपन र भावनाले भरिएको सहभागीहरुले प्रतिक्रिया समेत दिए ।

विद्यार्थीहरूले जवानहरूको साहस र बलिदानको प्रशंसा गर्दै देशभरका अनगिन्ती परिवारहरूको सुरक्षा र शान्ति सुनिश्चित गर्ने ‘वास्तविक दाजुभाइ’ भन्दै प्रशंसा समेत गरे ।

विद्यार्थीहरुको आएर राखी बाँध्दा घर जस्तो महसुस भएको र ‘हामी कहिल्यै एक्लो हुँदैनौं,’ भन्ने महसुुस भएको जवानहरुले प्रतिक्रिया दिएका थिए ।

रक्षाबन्धन वा राखी बान्ने कार्यक्रमले भावनालाई सम्मान मात्र नगरी राष्ट्रिय एकताको प्रतीक मानिएको सहभागीहरुले बताए ।

सीमामा बाँधिएका राखीहरूले प्रेम र सम्मानका धागोहरूले सबैभन्दा कठिन अग्रपंक्तिहरूलाई पनि बलियो बनाउन सक्छन् भन्ने सम्झना गराएको जवानहरुको भनाइ थियो ।

गत मे ७ तारिखमा भारतीय सेनाले पाकिस्तानका सात सहरमा रहेका ९ आतंकवादी लुकेका ठाउँमा ‘अपरेशन सिन्दूर’ चलाएको थियो । (सीसीटीभीप्लस)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *