Date

बुध, साउन २८, २०८२
Wed, August 13, 2025

नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा हेमराज ढकाल नियुक्त, पूँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकास गर्ने प्रतिवद्धता

नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा हेमराज ढकाल नियुक्त, पूँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकास गर्ने  प्रतिवद्धता

काठमाडौं, २८ साउन । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा हेमराज ढकाल नियुक्त भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष ढकाल बोर्डको सदस्य नियुक्त भएका हुन् । उनलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बोर्ड सदस्यका रुपमा मनोनयन गरी पठाएका हुन् । यसअघि महासंघका तर्फबाट गोकर्ण अवस्थी बोर्ड सदस्य रहेकोमा उनलाई फिर्ता गरिएको थियो ।

नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप ढकाल सेबोनको सदस्यमा नियुक्त भएका हुन् । ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि बोर्डको सदस्य हुने व्यवस्था छ ।

धितोपत्र बोर्ड सञ्चालक समितिमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ, उद्योग वाणिज्य महासंघबाट १–१ जनाले प्रतिनिधित्व गर्दै आएका छन् ।

बोर्ड सदस्य नियुक्त भएपश्चात ढकालले पूँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकास गर्न निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउने प्रतिवद्धता जनाए ।

उनले बोर्ड सदयका हैसियतले पूँजी बजारको विकासका लागि आफु प्रयत्नशील रहने बताए । सेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षण, बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफुले सक्दो योगदान दिने नवनियुक्त सदस्य ढकालले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *