Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

सुरु भयो ‘नाडा अटो शो २०२५’, प्रधानमन्त्रीद्धारा उद्घाटन

सुरु भयो ‘नाडा अटो शो २०२५’,  प्रधानमन्त्रीद्धारा उद्घाटन

काठमाडौं, ३ भदाै । अटो व्यवसायीहरुको छात्ता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ आजदेखि सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा ‘गो फर मोर’ नाराका साथ आयोजित प्रदर्शनीको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। यस अटो शोले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्णलाई एकै छानामुनि ल्याउने विश्वास गरिएको छ ।

भाद्र ८ गतेसम्म आयोजना हुने नाडा अटो शोको यो संस्करण ‘फ्युचर मोबिलिटी’ मा पनि केन्द्रित छ । शोको सबैभन्दा ठूलो आकर्षण फ्लाइङ कार र ह्युमनोइड रोबोट हुनेछ । यसका साथै, नेपालमा एसेम्बल हुने दुई पाङ्ग्रे इलेक्ट्रिक बाइक तथा स्कुटर र तीन पाङ्ग्रे इलेक्ट्रिक सवारीसाधन ‘सामुराई’ पनि प्रदर्शनीमा राखिनेछन् । नेपालमै उत्पादित एसटिसी राइड / इनर्जीका लिड एसिड ब्याट्रीहरू पनि शोमा देख्न पाइनेछ । यो समावेशी प्रदर्शनीले नेपाली अटोमोबाइल क्षेत्रको भविष्यलाई संकेत गर्दछ ।

यसपटकको नाडा अटो शोमा कुल ७५ वटा स्टल रहनेछन् । विभिन्न सेग्मेन्टका गाडी र उत्पादनहरूलाई समेट्ने गरी स्टलहरू विभाजन गरिएको छ । चार पाङ्ग्रे सवारीतर्फ दिपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, आइएडब्लू ब्रम्बी, जेवाई एयर, बिलाभल, एलएस अटो र जिङपेङ गरी १८ वटा ब्रान्डका स्टल रहनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *