Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

नाडा अटो शोमा उड्ने ट्याक्सी सार्वजनिक, २१ मिनेटसम्म उडान भर्नसक्ने

नाडा अटो शोमा उड्ने ट्याक्सी सार्वजनिक, २१ मिनेटसम्म उडान भर्नसक्ने

काठमाडौं, ३ भदाै । भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो २०२५ को प्रमुख आकर्षण उड्ने ट्याक्सी सार्वजनिक भएको छ ।

नेपालकै पहिलो उड्ने ट्याक्सी दिपलको ईभीटोललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) लाई नाडामा राखेकाे हो ।

दुईजना बस्न मिल्ने यस कारलाई स्वचालित रुपमा उडाउन मिल्छ । एक पटकको फुल चार्जमा ३० किलोमिटर रेन्ज प्रदान गर्ने यस कारको स्पिड भने प्रतिघण्टा १३० किलोमिटर मात्रै छ । यसले एकचोटिमा २१ मिनेटसम्म उडान भर्ने क्षमता राख्छ। ब्याट्री पूरा रिचार्ज हुन दुई घन्टा लाग्छ।

यो उड्ने ट्याक्सी सामूहिक यात्राका लागि बनेको होइन। बढीमा दुई जना यात्रु मात्र बोक्न सक्छ। त्यस्तै, करिब २२० किलो तौल बोक्न सक्ने बताइएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *