Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

नाडा अटो शोमा बीवाईडीको नयाँ एसयूभी एट्टो२ लन्च, यस्ता छन् फिचर र मूल्य

नाडा अटो शोमा बीवाईडीको नयाँ एसयूभी एट्टो२ लन्च, यस्ता छन् फिचर र मूल्य

काठमाडौं, ३ भदाै । भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो २०२५ मा बीवाईडीको बहुप्रतिक्षित एसयूभी एट्टो२ लन्च भएको छ ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले भित्र्याएकाे एट्टो २लाई प्रधानमन्त्री केपी शर्मा ओलीले लन्च गरेका हुन् । जसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको एट्टो २ मा अल्ट्रा सेफ ब्लेड ब्याट्रीका साथै सेल टु प्याक बडी प्रविधि दिइएको छ । यसमा १२.८ इन्चको रोटेटिङ टच स्क्रिन राखिएको छ भने इन्टेरियर निकै सफाचट र आकर्षक रहेको छ ।

४५.१ किलोवाट आवार क्षमताको ब्याट्री जडान भएर आएको यस कारले एकपटकको फुल चार्जमा ३१० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । ब्याट्रीलाई ७ किलोवाटको एसी र ८२ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । एट्टो २ मा उपलब्ध १०० किलोवाट क्षमताको मोटरले २९० एनएम टर्क जेनेरेट गर्दछ ।

गाडीको शारीरिक बनावट पनि आकर्षक छ । यसको लम्बाइ ४२९० एमएम, चौडाइ १७७० एमएम र उचाइ १५७० एमएम रहेको छ भने ह्वीलवेस २६२० एमएम छ, जसले भित्र प्रशस्त ठाउँ दिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *