अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन बिधेयक पारित

काठमाडौं, ४ भदौ । अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन बिधेयक पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकबाट वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकपारित भएको सभापति सन्तोष चालिसेले जानकारी दिए।
अर्थमन्त्री विष्णु पौडेलको उपस्थिततिमा बसेको उक्त बैठकबाट सर्वसहमत रुपमा विधेयक पारित भएको हो ।