Date

बुध, कार्तिक ५, २०८२
Wed, October 22, 2025

लक्ष्मी ग्रुपको “लक्सपिरियन्स २०२५” प्रदर्शनी काठमाडौंमा

लक्ष्मी ग्रुपको “लक्सपिरियन्स २०२५” प्रदर्शनी काठमाडौंमा

काठमाडाैं, ५ भदाै । नेपालकै अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले “लक्सपिरियन्स २०२५” प्रदर्शनी आयोजना गर्न लागेको छ। प्रदर्शनी साउन ७ र ८ गते बिहान ११ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म काठमाडौं, गैरीधारास्थित सिल्भर ओकमा आयोजना हुनेछ।

यो भव्य प्रदर्शनीमा हुन्डाई, बीएमडब्लु, कायी र फोर्थिङ जस्ता बहुप्रतिष्ठित ब्रान्ड सहभागी हुने छन्। विशेष रूपमा, नेपालकै अटो इभेन्टमा पहिलो पटक बीएमडब्लुको सहभागिताले कारप्रेमीहरूका लागि प्रदर्शनीलाई अझ रोमाञ्चक बनाउनेछ।

आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनस, साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवा उपलब्ध गराइनेछ। नयाँ कार खरिद वा पुरानो साट्न चाहनेहरूका लागि यो प्रदर्शनी उत्कृष्ट अवसर हुने आयोजकले जनाएको छ।

कार मात्र नभई आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने र व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन्। साथै, नेल आर्ट, मेहेन्दी, निःशुल्क पौडी, र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले प्रदर्शनीलाई झनै रोचक बनाउनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *