Date

सोम, भदौ ९, २०८२
Mon, August 25, 2025

तिजअघिको सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

तिजअघिको सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडाैं, ९ भदाै । नेपाली बजारमा तिजको अघिल्लो दिन सुनको मूल्य सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर कारोबार भएको हो।

महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सोही सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य भने बढेको छ। आइतबार तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर २ हजार ३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *