“होन्डा कारमा दशैं स्पेशल अफर : ४ लाखसम्म छुट र निःशुल्क सेवा”

काठमाडाैं, १० भदाै । नेपालका लागि होन्डा कारका आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले दशैंको अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार भदौ ७ गतेदेखि कार्तिक १४ गतेसम्म नेपालभरका सबै होन्डा शोरूममा लागू हुने यस अफर अन्तर्गत ग्राहकहरूले होन्डा कार खरिद गर्दा ४ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् ।
साथै, ग्राहकहरूले ५ वर्षको निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, सडक करमा १ वर्षको छुट, र पुराना गाडी साटेर नयाँ होन्डा कार खरिद गर्ने ग्राहकका लागि २५ हजार रुपैयाँ बराबरको एक्सचेन्ज बोनस पाउने सुविधा पनि प्रदान गरिनेछ ।
अतिरिक्त रूपमा, प्रत्येक कार खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी र एक पटकको निःशुल्क रोडसाइड असिस्टेन्स पनि उपलब्ध हुनेछ । कम्पनीले यी अफरहरूले ग्राहकलाई पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव दिने विश्वास व्यक्त गरेको छ ।
यो अफर होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज र सिटी फिफ्थ जेनेरेसनमा उपलब्ध हुनेछ ।
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. नेपालमा होन्डा ब्रान्डको सबैभन्दा विश्वसनीय नाम मानिन्छ र कम्पनीले लामो समयदेखि उच्च गुणस्तरीय गाडी र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको छ ।