Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

राज्य व्यवस्था समिति सभापति मनोनयन आज, कांग्रेसले उम्मेदवार निर्णय गर्न बैठक बोलायो

राज्य व्यवस्था समिति सभापति मनोनयन आज, कांग्रेसले उम्मेदवार निर्णय गर्न बैठक बोलायो

काठमाडाैं, १० भदाै । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आज मनोनयन दर्ता गर्न लागेको छ। सचिवालयका सचिव हर्कराज राईले सोमबार सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता हुने जानकारी दिएका छन्।

कार्यतालिकाअनुसार, समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अर्को सदस्यको समर्थनसहित दर्ता गर्न सकिनेछ। सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ भने बुधबार दिउँसो ३ बजे समिति बैठक बसेर निर्वाचन हुनेछ।

पूर्व सभापति रामहरि खतिवडाले साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड व्यवस्थामा छेडखानी भएपछि नैतिकताका आधारमा राजीनामा दिएको कारण पद रिक्त भएको हो। सङ्घीय संसद नियमावलीअनुसार, समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चुनिनुपर्ने व्यवस्था छ।

राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद दलबीचको भागबन्डाअनुसार नेपाली कांग्रेसको भागमा परेको छ। तर कांग्रेसले सभापतिको उम्मेदवार अझै तय गर्न सकेको छैन। यसका लागि पार्टीले मंगलबार बिहान ११ बजे शीर्ष नेताहरूको बैठक बोलाएको छ, जानकारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई दिएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *