नेप्सेको लापरवाही र त्रुटीको खुलासा, ग्रामिण विकास लघुवित्तको कारोबारमा
काठमाण्डौं, १८ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को त्रुटीका कारण ग्रामीण विकास लघुवित्तको सोमबार कारोबार रोकिएको छ ।
नेप्सेले सोमबार ग्रामिण विकास लघुवित्तको ५० प्रतिशत हकप्रदपछि शेयर मूल्य समायोजन गरेर सूचना जारी गरेकोपछि नेप्सेको लापरवाही र क्रुटीको खुलासा भएको हो ।
सोमबार शेयर बजार खुल्नु अगाडि नेप्सेको वेवसाइटमा ग्रामिण विकास लघुवित्तको शेयर मूल्य समायोजन गरिएको सूचना प्रकाशित भयो । नेप्सेले सूचना प्रकाशनमा गरेको क्रुटी र लापरवाहीले शेयर बजारका लगानीकर्तालाई आक्रोशित बनाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव गरेकोमा नेप्सेले हकप्रद शेयर मूल्य समायोजन गरिदिएपछि आजका लागि कम्पनीको कारोबार रोकिएको हो । मंगलबारदेखि पुनः कारोबार सुचारु हुने बताइएको छ ।
ग्रामिण विकास लघुवित्तले गत साउन २९ गते पचास प्रतिशत हकप्रद जारी गर्न विशेष साधारण सभा बोलाउने निर्णय गरेको थियो । उक्त निर्णय पारित गराउन कम्पनीले हकप्रद शेयर प्रस्ताव पारित गर्न आगामी असोज ५ गते विशेष साधारणसभा बोलाएको छ ।