इनफिनिक्सले नेपालमा सार्वजनिक गर्यो हट ६० प्रो सिरिज

काठमाडाैं, १७ भदाै । स्मार्टफोन निर्माता इनफिनिक्सले नेपालमा आफ्नो नयाँ हट ६० प्रो सिरिज सार्वजनिक गरेको छ। यस सिरिज अन्तर्गत हट ६० प्रो प्लस र हट ६० प्रो दुई दमदार स्मार्टफोन उपलब्ध गराइएको छ, जसले मिड–रेञ्ज सेगमेन्टमा नयाँ स्तर स्थापित गर्ने लक्ष्य राखेको छ।
हट ६० प्रो प्लस:
नेपालमा यो सेगमेन्टको सबैभन्दा पातलो स्मार्टफोन (५.९५ मि.मि.) हो र केवल १५५ ग्रामको हल्का वजन छ। फोनमा ५१६० एमएएच ब्याट्री छ, जुन ४५ वाट फास्ट चार्जिङ समर्थनसहित आउँछ। १४४ हर्ज रिफ्रेस रेटसहितको १.५के कर्भ्ड एमोलेड डिस्प्ले, मिडियाटेक हेलियो जी२०० प्रोसेसर, ५० मेगापिक्सेल सोनी आईएमएक्स८८२ क्यामेरा र ८ जीबी र्याम (१६ जीबीसम्म एक्सटेन्डेबल) उपलब्ध छन्। मूल्य रु. २६,९९९ मात्र राखिएको छ।
हट ६० प्रो:
गेमिङ र मनोरञ्जनका लागि लक्षित यो फोन ६.६ मि.मि. पातलो र १७० ग्राम वजनको छ। १४४ हर्ज १.५के एमोलेड डिस्प्ले, ५१६० एमएएच ब्याट्री, ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको साथ गेमिङ अनुभवका लागि डिजाइन गरिएको छ। मूल्य रु. २०,९९९ मात्र राखिएको छ।
दुवै फोनमा इनफिनिक्स एआई इन्फिनिटी सिस्टम, इन-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र अन्य स्मार्ट सुविधाहरू समावेश छन्। नेपालभर विभिन्न आकर्षक रंगमा उपलब्ध यी फोनहरूले प्रिमियम डिजाइन र पावरफुल स्पेसिफिकेसनलाई किफायती मूल्यमा उपलब्ध गराएको इनफिनिक्सको विश्वास छ।