Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

“नो कम्प्रमाइज” अभियानमा शिवम् सिमेन्टको नयाँ सन्देश : समयमै निर्णय, जीवनमै सफलता

“नो कम्प्रमाइज” अभियानमा शिवम् सिमेन्टको नयाँ सन्देश : समयमै निर्णय, जीवनमै सफलता

काठमाडाैं, २३ भदाै । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाउन सफल शिवम् सिमेन्टले आफ्नो ब्राण्ड क्याम्पेन “क्वालिटिको मामलामा नो कम्प्रमाइज” अन्तर्गत तेस्रो भिडियो सार्वजनिक गरेको छ। यसपटकको भिडियोले जीवनमा प्रत्येक सेकेण्डको महत्वलाई देखाउँदै, समयमै निर्णय लिनुपर्ने सन्देशलाई उजागर गरेको छ।

भिडियोमा दुई साथीबीचको कथा प्रस्तुत गरिएको छ। एक जना समयमै एयरपोर्ट पुग्छन् भने अर्को उडान ढिलो हुने अनुमान गर्दै घरमै बस्छन्। तर, जहाज समयमै उड्दा अवसर गुमाउने पात्रमार्फत “समयको मामलामा नो कम्प्रमाइज” भन्ने सशक्त सन्देश दिइएको छ।

यसअघि शिवम् सिमेन्टले पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको कथामार्फत “कर्तव्यको मामलामा नो कम्प्रमाइज” भन्ने सामाजिक सन्देश दिएको थियो। त्यसैगरी, दोस्रो चरणमा घरबेटी र भाडावालबीचको सम्झौतामार्फत “सर्तकताको मामलामा नो कम्प्रमाइज” भन्ने चेतनामूलक कथा प्रस्तुत गरिएको थियो। यी दुबै भिडियोले समाजमा कर्तव्यबोध, सतर्कता र विवेकशील जीवनशैलीबारे व्यापक चर्चा पाएका थिए।

शिवम् सिमेन्टले आफ्नो यो अभियानलाई केवल विज्ञापन नभई समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित राखेको जनाएको छ। कम्पनीका अनुसार “नो कम्प्रमाइज भन्न सजिलो हुन्छ, तर व्यवहारमा लागू गर्न गाह्रो छ। तर जसले पूरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ” भन्ने सन्देश ब्राण्डको मूल दर्शन हो।

स्थापना कालदेखि नै केवल ओपीसी सिमेन्ट उत्पादन र विक्री गर्दै आएको शिवम् सिमेन्टले गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा निरन्तर जोड दिँदै आएको छ। कुनै पनि परिस्थितिमा सम्झौता नगरी गुणस्तरीय उत्पादन र वितरणमा निरन्तरता दिएको कम्पनीले “गुणस्तरको पहिचान हो शिवम्”, “भरोसा अटुट सम्बन्धको” जस्ता नारामार्फत आफ्नो पहिचान मजबुत बनाएको छ।

यही प्रतिबद्धताको सम्मानस्वरूप शिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनी बनेर उत्कृष्ट गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार ‘एनएस क्वालिटी अवार्ड २०१९’ प्राप्त गर्न सफल भएको थियो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *