Date

शनि, मंसिर १३, २०८२
Sat, November 29, 2025

नेताका घरमा नगद जलेको दाबी, प्रमाण अनिश्चित

नेताका घरमा नगद जलेको दाबी, प्रमाण अनिश्चित

काठमाडाैं, २९ भदाै । देशव्यापी जेनजी आन्दोलनको भीडतन्त्रपछि प्रमुख दलका शीर्ष नेताको घरमा ठूलो मात्रामा नगद जलेको दाबी र अड्कलहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवाससमेत चर्चाको केन्द्रमा छन्।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियो अनुसार दाहालको घरमा करिब ६ फुट लामो, ४ फुट फराकिलो र १० फुट अग्लो कोठामा नोट राखिएको देखिएको भनाइ छ। प्रारम्भिक अनुमानले उक्त कोठामा २ देखि ३ अर्ब रुपैयाँसम्मको नगद हुन सक्ने अड्कल गरिएको छ। तर नोटको दर, आकार र खरानीको मात्राले यो अनुमानलाई पुष्टि गर्न सकिने अवस्था छैन।

देउवाको घरमा भने १५० वर्गफुट हाराहारीको स्टोर रुममा दराजमार्फत नोट राखिएको जस्तो देखिने भिडियो प्रसारित छ। त्यहाँ भूमिगत ट्यांकीजस्तो खाडल पनि देखिए पनि, बालुवा बाहेक कुनै मूल्यवान वस्तु भेटिएको छैन। देखिएको खरानीको मात्रा र नोटको अवशेषले पनि ठूलो रकम सुरक्षित रहेको ठोस प्रमाण दिन सकेको छैन।

ओलीको घरमा बाह्य प्रवेश रोकिएको कारण त्यहाँको स्थिति बारे अड्कल मात्र गरिएको छ। कतिपयले डेढदेखि दुई खर्ब रुपैयाँसम्म नगद लुकाइएको अनुमान गरे पनि आधिकारिक पुष्टि छैन।

यस्तै, ऊर्जामन्त्री दीपक खड्काको घरमा पनि बोरामा राखिएको पैसा आन्दोलनकारीले उडाएको भिडियो सार्वजनिक भएको दाबी भए पनि प्रमाण प्रष्ट छैन।

सुरक्षाकर्मीहरूले हालसम्म कुनै घरमा यति ठूलो मात्रामा नगद भेटिएको तथ्य पुष्टि नगरेका कारण यी सबै दाबीलाई हालसम्म अफवाह वा प्रारम्भिक अनुमानका रूपमा मात्र लिइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *