Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

बुधबार नेप्सेमा २३ दशमलव ८९ अंकको वृद्धि

बुधबार नेप्सेमा २३ दशमलव ८९ अंकको वृद्धि

काठमाण्डौ, २० भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुधारको बाटोमा देखिएको छ । यो साताको शुरूदेखि नै नेप्से परिसूचकमा आएको वृद्धि बुधबार पनि कायमै रहेको छ । अन्य दिनमा भन्दा बुधबार नेप्सेमा धेरै नै वृद्धि देखिएको छ ।

निरन्तरको गिरावटका कारण निराश भएका लगानीकर्तालाई बुधबारको वृद्धिले उत्साहित बनाएको छ । ३० अंकभन्दा बढीले वृद्धि भएको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म २३ दशमलव ८९ अंकले वृद्धि भई १ हजार २ सय ३४ दशमलव १३ अंकको बिन्दूमा पुगेको छ ।

बुधबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ३० अंकले वृद्धि हुँदै २ सय ६१ दशमलव १६ अंकको बिन्दूमा पुगेको छ ।

साताभरी पनि एक अर्बको कारोबार हुन नसकिरहेको अवस्थामा बुधबार ७० करोड ८८ लाख ५० हजार ५६८ रुपैयाँको कारोबार भएको छ । समग्र परिसूचक बढे पनि व्यापार उत्पादन समूहमा गिरावट आएको छ । सबैभन्दा बढी उत्पादन समूह ३६ दशमलव ७४ अंकले घटेको छ भने सबैभन्दा बढी निर्जीवन बीमा समूह १६२ दशमलव ६७ अंकले बढेको छ । बुधबार कुमारी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । कुमारी बैंकको ४ करोड ९० लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने एनएमबी बैंकको ४ करोड ५१ लाखभन्दा बढीको कारोबार भएको छ । उक्त दिन काबेली विकास बैंक र हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशेयर ९ प्रतिशतभन्दा बढीले कमाउँदा युनिलिभर नेपालका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । युनिलिभरको प्रतिशेयर ८४८ रुपैयाँले घटेको छ । यस कम्पनीको प्रतिशेयर मूल्य २३ हजार १५२ रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x