Date

शनि, मंसिर १३, २०८२
Sat, November 29, 2025

‘युवासँग एकता पार्टीको जिम्मेवारी’ : पौडेल

‘युवासँग एकता पार्टीको जिम्मेवारी’ : पौडेल

काठमाडाैं, ३ असाेज । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले जेन–जेड आन्दोलनपछि पार्टीलाई युवा पुस्तासँग एकताबद्ध बनाउन जिम्मेवारी आएको बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै पौडेलले जेन–जेड आन्दोलनको मूल कारण युवाको आकांक्षा, असन्तोष र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न असफलता रहेको बताए। साथै, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा देखिएको कमजोरी पनि आन्दोलनको प्रमुख कारण भएको उनको भनाइ छ।

उनले भने, “अब पार्टीलाई जनता, विशेषगरी युवा पुस्तासँग एकताबद्ध बनाउने जिम्मेवारी हाम्रो हो। जहाँ युवाशक्तिले नीति निर्माण र नेतृत्व विकासमा निर्णायक भूमिका खेलोस् र परिवर्तनको मुख्य प्रेरक बनोस्।”

पौडेलका अनुसार अब पार्टीको संगठन, कार्यशैली र व्यवहारमा आवश्यक परिवर्तन हुने विश्वास उनले व्यक्त गरे। साथै, एमालेका अतीतका निर्णय, कार्य र तिनका परिणामको गम्भीर पुनरावलोकन गरिने पनि उनले बताए।

व्यक्तिगत रूपमा अतीतमा आफूबाट भएका कमजोरी, गल्ती वा त्रुटिप्रति क्षमायाचना पनि उनले गरेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *