Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

अन्तर्राष्ट्रिय कार्डमार्फत राजस्व भुक्तानी सुरु

अन्तर्राष्ट्रिय कार्डमार्फत राजस्व भुक्तानी सुरु

काठमाडाैं, ३ असाेज । सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमार्फत राजस्व तिर्न सकिने सेवा सुरु गरेको छ। बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले संयुक्त रूपमा राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको एकीकृत सेवाको शुभारम्भ गरे।

यस प्रणालीले विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकलाई मास्टर कार्ड, भिसा कार्ड, अलिपे जस्ता अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कमार्फत राजस्व तिर्न सकिने सुविधा प्रदान गर्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेश गर्ने पर्यटकहरूले अब अध्यागमन विभागका सेवाको शुल्क सजिलै तिर्न सक्नेछन्।

सरकारका अनुसार यो प्रणाली सुरु भएपछि राजस्व भुक्तानी प्रक्रिया पूर्ण रूपमा पेपरलेस र फेसलेस हुनेछ, जसले २४ घण्टा सातै दिन सेवा उपलब्ध गराउनेछ। राजस्व संकलन द्रुत, पारदर्शी, र अन्तर्राष्ट्रिय पहुँचयुक्त बनाउँदै डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

हाललाई यो सेवा अध्यागमन विभाग र त्यसअन्तर्गतका निकायको राजस्व भुक्तानीमा लागू गरिएको छ। आगामी चरणमा अन्य सरकारी निकायहरूमा पनि विस्तार गरिने सरकारको योजना छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *