नेपाली बजारमा सुन-चाँदीको मूल्यमा बढोत्तरी

काठमाडाैं, ३ भदाै । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार तोलामा २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ८ सय रुपैयाँले बढेर २ लाख १६ हजार रुपैयाँमा पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको २ हजार ५ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।