‘जनताको आवाज सुन्नु नै लोकतन्त्रको आत्मा’ : प्रधानमन्त्री कार्की
काठमाडाैं, ३ भदाै । प्रधानमन्त्री सुशिला कार्कीले जनताको आवाजमा ध्यान दिनु नै लोकतन्त्रको मूल भावना भएको बताएका छन्।
संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा टुँडिखेलस्थित आर्मी प्याभिलियनमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रणाली त्यही हो जसले आफ्ना नागरिकको आवाज सुन्छ भनी जोड दिइन्।
कार्यक्रममा उनले विगतका उपलब्धि र कमजोरीको मूल्याङ्कन गर्दै आगामी दिनमा सुधारका लागि प्रतिबद्धता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले २०७२ साल असोज ३ गते (सेप्टेम्बर २०, २०१५) मा संविधानसभाद्वारा पारित र लागू भएको नेपालको संविधान नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनको परिणाम भएको स्मरण गराउँदै यसको संरक्षण र सफल कार्यान्वयन सम्पूर्ण नेपालीको साझा जिम्मेवारी भएकोमा जोड दिइन्।



