Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

सिद्धार्थ प्रिमियरले हुलदंगा क्षति दाबी छिटो फर्छ्यौट गर्ने घोषणा

सिद्धार्थ प्रिमियरले हुलदंगा क्षति दाबी छिटो फर्छ्यौट गर्ने घोषणा

काठमाडाैं, ५ असाेज । जेनजी आन्दोलनका क्रममा भएको हुलदंगा, तोडफोड तथा आगजनीबाट क्षति व्यहोरेका बीमितलाई छिटोभन्दा छिटो दाबी भुक्तानी गर्ने प्रक्रिया सुरु भएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जनाएको छ।

कम्पनीले ‘दु:खद घडीमा भरोसाको सहारा’ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै बीमा दाबीका लागि आवश्यक कागजात जल्दै उपलब्ध गराउन बीमितहरूलाई आग्रह गरेको छ। वक्तव्यअनुसार राष्ट्रका पूर्वाधार, उद्योग–व्यापार र व्यक्तिगत सम्पत्तिमा अर्बौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन छ, जसका आधारमा ठूलो संख्यामा दाबी दर्ता भइरहेको छ।

भदौ २४ गतेको आगजनी र हुलदंगा पछि भोलिपल्टैदेखि कम्पनीका उच्चपदस्थ अधिकारी र सर्भेयर टोलीले क्षतिग्रस्त सम्पत्तिको निरीक्षण र प्रारम्भिक सर्वेक्षण थालेको जनाएको छ। हाल दाबी फर्छ्यौट तथा भुक्तानी प्रक्रिया द्रुतगतिमा अगाडि बढाइएका छन्।

साथै, आन्दोलनको क्रममा क्षति भए पनि अहिलेसम्म जानकारी नदिएकाहरूलाई कम्पनीका शाखा, प्रदेश कार्यालय वा प्रधान कार्यालयमा तत्काल दाबी विवरण पेस गर्न आग्रह गरिएको छ। गत वर्षको बाढीपहिरोका घटनामा समेत सर्वाधिक दाबी भुक्तानी गरेको अनुभवका आधारमा यसपटक पनि छिटो र पारदर्शी भुक्तानी गर्ने कम्पनीको प्रतिवद्धता वक्तव्यमा उल्लेख छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *