Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लाग्यो

राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लाग्यो

काठमाडाैं, ५ असाेज । वित्तीय प्रणालीमा अधिक तरलताको दबाब कायमै रहेकाले केन्द्रिय बैंकले आज थप ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। निक्षेप संकलन ७ दिनको अवधिका लागि राष्ट्रिय बैंकको उपकरणमार्फत गरिनेछ।

अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने यो निक्षेप संकलनमा इच्छुक आवेदकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गरेर कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्। निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी असोज १२ गते हुनेछ।

बोलकबोल प्रक्रिया ब्याजदर अनुसार गरिनेछ भने बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सम्भव छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *