अर्थका तीन सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं, ५ असोज । अर्थमन्त्री रामेश्वर खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा महेश आचार्य भित्राएर महेश बराललाई तालिम केन्द्र पठाएका छन् ।
आइतबार (असोज ५) देखि लागू हुने गरी मन्त्री खनालले अर्थ मन्त्रालय मातहतका तीन सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् ।
वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पठाइएको छ । वित्तीय संघीयता समन्वयमा वित्तीय क्षेत्र व्यवस्थापनका सेवन्तक पोखरेललाई जिमेवारी दिइएको छ ।
यसअघि खनाल उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष हुँदा सदस्यसचिव आचार्य थिए ।