Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

राष्ट्रिय क्रिकेट टोलीको नयाँ टी–२० जर्सी सार्वजनिक

राष्ट्रिय क्रिकेट टोलीको नयाँ टी–२० जर्सी सार्वजनिक

काठमाडाैं, ७ असाेज । क्रिकेट संघ नेपाल (CAN) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ टी–२० जर्सी सार्वजनिक गरेको छ। जर्सी CAN को आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको थियो।

नयाँ डिजाईनमा नेपालको नाम पहिलाको पहेँलो अक्षरको सट्टा सेतो अक्षरमा लेखिएको छ। जर्सीको प्रमुख रङ्गमा गाढा नीलो र रातो प्रयोग गरिएको छ। बाँया काँधमा राष्ट्रिय झण्डाको चन्द्रमा र दायाँ काँधमा सूर्य समावेश गरिएको छ। जर्सीको केन्द्रमा आधिकारिक प्रायोजक नासा सेक्युरिटीजको लोगो राखिएको छ।

जर्सीको तल्लो भागमा सगरमाथाको प्रतीकात्मक चित्रण राखिएको छ। CAN ले जर्सी सार्वजनिक गर्दै भनेको छ, “आफ्नो जोश लगाऊ, आफ्नो गौरव लगाऊ।”

डिजाईनलाई एकता, शक्ति र सपना प्रतीकको रूपमा वर्णन गरिएको छ। राष्ट्रिय क्रिकेट टोलीले आगामी टी–२० अन्तर्राष्ट्रिय सिरिजमा वेस्ट इन्डिजविरुद्ध नयाँ जर्सीमा मैदान ओर्लनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *