Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

शेयर धितो कर्जाको सीमा खारेज गर्न अर्थमन्त्रीसँग लगानीकर्ताको माग

शेयर धितो कर्जाको सीमा खारेज गर्न अर्थमन्त्रीसँग लगानीकर्ताको माग

काठमाडौं, ७ असोज  । नयाँ सरकारका अर्थमन्त्री रामेश्वर खनालसँग लगानीकर्ताहरूले शेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरेका छन् । अर्थमन्त्रीसमक्ष लगानीकर्ताहरूले यस्तो माग राखेका हुन् ।

नेपाल शेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका प्रतिनिधिहरूले संयुक्तरुपमा अर्थमन्त्री खनालसँग यस्तो सीमा पूर्णरुपमा खारेज गर्न मागेका हुन् ।

‘बैंक तथा वित्तीय संस्थाले व्यक्तिगतरुपमा एकल परिवारलाई ऋण प्रवाह गर्ने २५ करोडको सीमा पूर्णरुपमा खारेज गर्न आवश्यक देखिन्छ । यसले लगानीकर्ताको पहुँचलाई सहज बनाउने मात्र होइन, विश्वस्त तथा लगानीमैत्री वातावरण निर्माण गर्न पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ’, लगानीकर्ताहरूले अर्थमन्त्रीलाई बुझाएको मागमा उल्लेख छ ।

यस्तै, लगानीकर्ताहरूले अर्थमन्त्रीलाई पुँजी बजार सुधारका लागि सात बुँदे सुझाव समेत दिएका छन् । जसमा दैनिक कारोबारमा पारदर्शिता बनाउनेदेखि लघुवित्त संस्थाको लाभांश वितरण, पुँजीगत लाभकर कम गर्नेसम्मका माग राखेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *