Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नक्कली एटिएम बनार पैसा झिक्ने ५ जना पक्राउ, मेसिन पनि बरामद

नक्कली एटिएम बनार पैसा झिक्ने ५ जना पक्राउ, मेसिन पनि बरामद

काठमाडौं, २५ भद्रौ । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली एटीएम कार्ड बनाउने गिरोह पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना भारतीय र २ जना नेपाली नागरिक रहेका छन् ।

परिसरका प्रमुख वसन्त लामाका अनुसार उनीहरुमध्ये भारतीय नागरिकलाई ठमेलस्थित एक होटलबाट र दुई नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।उनीहरूको साथबाट नक्कली एटीएम बनाउन प्रयोग हुने मेसिन समेत बरामद भएको जानकारी दिइएको छ ।

पक्राउ परेकाहरुमाथि विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ । उनीहरुले नक्कली एटिएम बनाएर पैसा निकाल्ने गरेको प्रहरीले भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x