Date

बिहि, मंसिर १८, २०८२
Thu, December 4, 2025

वेस्ट इन्डिजसँगको खेलअघि नेपाली टोली यूएईमा अभ्यासमा व्यस्त

वेस्ट इन्डिजसँगको खेलअघि नेपाली टोली यूएईमा अभ्यासमा व्यस्त

काठमाडाैं, ९ असार । वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली संयुक्त अरब इमिरेट्स (यूएई) मा अभ्यासमा व्यस्त रहेको छ। भिसा प्रक्रियामा ढिलाइ भएका कारण सोमबार मात्र यूएई प्रस्थान गरेको टोली अहिले पूर्ण रूपमा प्रशिक्षणमा जुटेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा साहब आलम र सन्दीप जोराजस्ता खेलाडी पनि समावेश छन्। यो शृङ्खला नेपालले कुनै पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय टी-२० शृङ्खला खेल्न लागेको हो।

यस शृङ्खलाका लागि वेस्ट इन्डिजले क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने केही नयाँ खेलाडीलाई मौका दिएको छ भने केही अनुभवी खेलाडीलाई आराम दिएको छ। वेस्ट इन्डिजको कप्तानी अकिल होसेनले गर्नेछन्।

नेपाल र वेस्ट इन्डिजबीचको यो टी-२० शृङ्खला सेप्टेम्बर २७, २८, र ३० तारिखमा यूएईको शारजाह क्रिकेट स्टेडियममा हुनेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *