Date

सोम, कार्तिक ३, २०८२
Mon, October 20, 2025

बुद्ध एयरका मालिक बस्नेतले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’

बुद्ध एयरका मालिक बस्नेतले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’

काठमाडाैं, ३० असोज। बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेतसहितका व्यक्तिहरु संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

दिनेश प्रसाईं अध्यक्ष र पियुस कायस्थ महासचिव रहने गरी ‘गतिशील लोकतान्त्रिक पार्टी’ आयोगमा दर्ता भएको हो । बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेत भने सदस्य मात्र रहेका छन् । निर्वाचन आयोगमा बिहीबार दल दर्ता भएको हो ।

पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था छ । बस्नेत चाहिँ सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन ।

‘अबको चुनावमा पनि विरोधको राजनीति, पेशागत राजनीतिले प्रश्रय पायो भने नेपाल गहिरो अध्याँरो खोंचमा फस्नेछ जसबाट निस्कन धेरै मेहनत र बलिदान गर्नुपर्ने हुन्छ’ पार्टीको आह्वान पत्रमा भनिएकाे छ,‘त्यसैकारण अब सोचयुक्त र सिर्जनशील राजनीति गरौं । इमान्दारीको राजनीति गरौं । त्यागको राजनीति गरौं ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *