Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

राष्ट्र बैंकका कर्मचारीका लागि होटल सम्झौताकाे तयारी, प्रस्ताव माग

राष्ट्र बैंकका कर्मचारीका लागि होटल सम्झौताकाे तयारी, प्रस्ताव माग

काठमाडाैं, ३१ असाेज । नेपाल राष्ट्र बैंकले काठमाडौं बाहिरका शाखाबाट कार्यसङ्गठनका लागि राजधानी आउने कर्मचारीहरूका लागि बास व्यवस्थापन गर्न होटल, अतिथि गृह वा गेष्टहाउसहरूसँग सम्झौता गर्ने तयारी गरेको छ।

बैंकले बिहीबार सूचना जारी गर्दै इच्छुक सेवा प्रदायकहरूलाई १५ दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ। प्रस्ताव पठाउने संस्था वा व्यवसायले बैंकका मापदण्ड पूरा गर्नुपर्नेछ।

राष्ट्र बैंकले काठमाडौंको बालुवाटार, थापाथली, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला, एयरपोर्ट र सिनामंगल क्षेत्र वरपरका चक्रपथभित्र ५०० मिटरको दायरामा पर्ने होटल तथा गेष्टहाउसहरूलाई प्राथमिकता दिने जनाएको छ।

सेवा गुणस्तर सुनिश्चित गर्न बैंकले १९ बुँदे मापदण्ड तय गरेको छ। मापदण्डमा सफा र सुरक्षित कोठा, स्वच्छ खानपान, २४ घण्टा सुरक्षा, निःशुल्क इन्टरनेट सुविधा, गोपनीयता सुनिश्चितता, र कर्मचारीमैत्री वातावरण जस्ता शर्तहरू समावेश छन्।

बैंकले प्रयोग भएको दिन र कोठाको संख्याका आधारमा मात्र मासिक रूपमा सम्बन्धित होटल वा गेष्टहाउसको खातामा भुक्तानी गर्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले यो पहलबाट बाहिरका शाखाबाट अस्थायी रूपमा काठमाडौं आउने कर्मचारीहरूलाई बसोबासमा सहजता पुग्ने र संस्थागत कार्यसम्पादनमा कार्यक्षमता बढ्ने विश्वास व्यक्त गरेको छ।

3.-होटलसँग-सेवा-खरिदका-लागि-सिलबन्दी-प्रस्ताव-आव्हानको-सूचना-।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *